ताजा समाचार


चर्चित कलाकार बीएस राणाको ७८ बर्षको उमेरमा निधन

 नेपाल बाहक    १८ माघ २०७५, शुक्रबार ०७:०९     651 जनाले पढ़िसके

माघ १८ गते , काठमान्डौं । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको आज निधन भएको छ । उहाँको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिनु भएको छ। उहाँको मुटुमा समस्या देखिएको थियो । उहाँले अभिनय गरेको पहिलो चलचित्र ‘अन्याय’ हो । वि।सं २०४१ सालमा बनेको यो चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले सय भन्दा बढी चलचित्रमा अभिनय गर्नु भएको थियो ।उहाँले अभिनय गरेका चलचित्रहरुमा ‘दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका छन्। उहाँको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिने श्रोतले जनाएको छ ।