ताजा समाचार


पारसको स्वास्थ्यमा सुधार आए पछि अस्पतालबाट डिस्चार्ज

 नेपाल बाहक    १८ माघ २०७५, शुक्रबार १०:२८     987 जनाले पढ़िसके

हृदयाघात भएपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका पूर्वयुवराज पारसको स्वास्थ्यमा सुधार आज अस्पतालबाट डिस्चार्ज गरिएको छ। उनलाई लिन बहिनी प्रेरणा राज्यलक्ष्मी सिंहलगायत आफन्तहरु अस्पताल पुगेका थिए । गम्भीर प्रकारको हृदयाघात भएपछि आइतबार दिउँसो साढे चार बजे पारसलाई नर्भिक अस्पताल पुर्‍याइएको थियो । उनको मुटुको कोरोनरी एञ्जियोप्लास्टी गरिनुका साथै स्टेन्ट राखिएको छ । हाल पारसको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उनी सामान्य हिड्डुल गर्न सक्ने तथा बोलीचाली गर्न सक्ने अवस्थामा छन् । पारसलाई २०६३ सालमा मा पहिलोपटक हृदयाघात भएको थियो । त्यसपछि ०७२ सालमा दोश्रो पटक र गत आइतबार तेश्रो पटक हृदयाघात भएको हो । उनलाई पटक–पटक हृदयाघात हुनुमा गलत खानपान तथा वंशाणुगत कारण नै प्रमुख भएको उनको उपचारमा संलग्न चिकित्सक प्रा। डा। यादव देव भट्टले बताएका छन् । भट्टका अनुसार पटक पटकको हृदयाघातका कारण उनको मुटु निकै कमजोर भएको छ । जसका कारण उनले आफ्नो स्वास्थ्य प्रति निकै नै सजग हुनु पर्ने छ ।