ताजा समाचार


माघ २१ र २२ गते ३ नं. प्रदेश राजधानि हेटौँडामा बृहत ल्होछार महोत्सव

 नेपाल बाहक    २१ माघ २०७५, सोमबार ०३:४८     279 जनाले पढ़िसके

२१ माघ ,हेटौँडा । ३ नं.प्रदेशले आफ्नो प्रदेश भित्र ल्होछारको अबसरमा सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी माघ २२ गते २८५५औँ सोनामा ल्होछारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको हो। गत माघ ९ गतेको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको थियो। तामाङबाहुल्य रहेको प्रदेश नं ३ मा माघ २१ र २२ गते प्रदेश राजधानी हेटौँडामा बृहत ल्होछार महोत्सवको आयोजना समेत गरिने भएको छ ।