ताजा समाचार


विकास र समृद्धिको यात्रामा प्रवेश गर्न नयाँ सोच र दृष्टिकोण आवश्यक : पुर्व प्रधानमन्त्री डा.भट्टराई

 नेपाल बाहक    २२ माघ २०७५, मंगलवार १३:२२     580 जनाले पढ़िसके

२२ माघ , रामेछाप । देश विकास र समृद्धिको यात्रामा प्रवेश गर्न नयाँ सोच र दृष्टिकोण आवश्यक रहेको पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पाटिका संयोजक डा. बाबुराम भट्टराई बताउनु भएको छ । जनसंवाद अभियान अन्तरर्गत मंगलबार रामेछापको सदरमुकाम मन्थली आउनु भएका डा।भट्टाईले राज्यको सत्ता संचालन चुनाव गर्ने र विचका विचौलीयाले कमिसन खाने र फेरी सत्तामा जाने गोलचक्करमा फसेको बताउनु भएको छ । यसको लागि पुरानो संरचनालाई तोड्नुपर्नेमा उहाँको बताउनु भएको छ ।
अर्को एक प्रसङ्खमा उहाँले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था उपयुक्त हुने बताउनु भएको छ । जनसंवाद अभियान अन्र्तरगत एक महिने अभियानमा निस्किनु भएका उहाँ बैतडीको झुलाघाटसम्म पुग्ने कार्यक्रम रहेको नयाँ शक्ति पार्टीले जनाएको छ ।