ताजा समाचार


सिन्धुलिको फिक्कल जिप दुर्घटना हुदाँ ४को मृत्यु

 नेपाल बाहक    २४ माघ २०७५, बिहीबार ०७:१६     566 जनाले पढ़िसके

माघ २४ , सिन्धुलि । सिन्धुलि जिल्लाको फिक्कल गाउपालिका जिप दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ । भने दुर्घट्नामा अन्य ८ जना घाइते भएका छन् । फिक्कलको महादेवडाँडाबाट सिन्धुली सदरमुकाम सिन्धुलीमाढीतर्फ आउँदै गरेको बा १५ च ९४२२ नम्बरको बोलेरो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृत्यु हुनेहरुमा ३ जना महिला र १ जना पुरुष रहेको छ । मृत्यु ह्ुनेको सनाखत भइनसकेको सिन्धुलि प्रहरी जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सुचना अधिकारी डिएसपी लोकदर्शन थापाका अनुसार घाइते मध्येका ४ जनाको अवस्था गम्भिर रहेको छ भने ४ जना सामान्य घाइते भएका छन । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । बोलेरो माथिल्लो घुम्तिबाट तल्लो घुम्तिमा २ सय मिटर जति तल झरेको थियो ।

 

यो पनि पढ्नु होस् ।

जन्ती बोकेको टिप्पर सिन्धुलिमा दुर्घटना : २ को मुत्यु