ताजा समाचार

नेविसंघको कार्यसमिति भंग

 नेपाल बाहक    २९ माघ २०७५, मंगलवार १३:३६     341 जनाले पढ़िसके

माघ २९ , काठमान्डौ । नेपाली कांग्रेसले आफ्नो विद्यार्थी संगठन नेविसंघको कार्यसमिति भंग गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले नैनसिंह महर नेतृत्वको कार्यसमितिको कार्यकाल थप नगर्ने निर्णय गरेको हो । यससँगै नेविसंघ सभापति, पदाधिकारी र सदस्यबाट भएका सबै मनोनयन बदर भएको छ ।