ताजा समाचार


रामेछापका मनकारी दम्पति : जस्ले गरे निजि लगानिमा मन्दिर निर्माण

 नेपाल बाहक    २ फाल्गुन २०७५, बिहीबार १३:३६     369 जनाले पढ़िसके

फागुन , २ रामेछाप । रामेछाप जिल्लामा एक दम्पतिले ३२ लाखको लागतमा शिव मन्दिर निर्माण गरेका छन् । उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका दालकुमारी सुनुवार र उनका पति मानबहादुर सुनुवारले व्यक्तिगत लगानीमा सो मन्दिर निर्माण गरेको बिहिबार मन्थलीमा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । मन्दिरमा शिव, गणेश सूर्य, कृष्ण र वृद्धको मूति राखिने सुनुवार दम्पतिले बताएका छन। आप्mनै डेढ रोपनी जग्गामा निर्माण गरिएको सो मन्दिर निर्माणको लागि ३० लाख रुपैयाँ खर्च भएको बताइएको छ। त्यसैगरि मन्दिरमा स्थापनाको लागि २ लाख रुपैयाँमा मूति निर्माण गरिएको पत्रकार सम्मेलमा जानकारी गराइकाृ थियो यसैगरि सोही स्थानको स्वास्थ्य चौकी निर्माणको लािग ४ रोपनि २ आन जग्गा दिएका छन् । स्थानीय कैलेश्व मावि भवन निर्माणको लागि ६ रोपनि २ आना जग्गा पनि उनीहरुले नै निशुल्क दिएका छन् । अहिले वडा कार्यालयको भवन निर्माणको लागि २ रोपनि जग्गा दान गरेका छन् । यसैरी काठमाडौँमा रहेको जनजाति संग्रहायलको लागि उनीहरुले १९ लाख रुपैयाँ बराबरको ऐतिहाँसिक सामाग्रहरु प्रदान गरेका छन् । सुनुवारका पति मानबहादुर ८५ वर्ष पुगेका छन् भने उनी ७८ बर्षकी छिन् ।