फागुन ३ , काठमान्डौ । विवेकशील साझा पार्टीले सरकारले एक बर्ष पुरा गरेकोमा बधाई दिएको छ । पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यद्वारा शुक्रबार जारी गरिको विज्ञप्तिमा ”अस्थिर सरकारको चपेटाबाट मुलुक गुज्रिएको विगतको परिप्रेक्षमा वर्तमान सरकारले एक वर्षको कार्यकाल पुरा गरेकोमा विवेकशील साझा पार्टी प्रधानमन्त्री केपी ओलीलाई हार्दिक बधाई दिन चाहन्छ। बलियो जनमत प्राप्त यो सरकार गठन हुँदा आम सर्वसाधारण र हाम्रो पार्टीले ठूलो अपेक्षा राख्दै शुभकामना दिएको थियो। सरकारले पछि संसदमा दुई(तिहाईको समर्थन समेत प्राप्त गर्यो। तर ऐतिहासिक शक्ति बोकेको सरकार हुँदा हुँदै पनि सरकारको काम(कारवाही पीडादायी ढंगबाट निराशाजनक देखिएकोमा विवेकशील साझा पार्टी अत्यन्तै चिन्तित छ। भ्रष्टाचार चुलिंदो छ। दण्डहीनताले प्रश्रय पाईरहेको छ। अर्थतन्त्रका प्रमुख सूचकहरुको संकेत नकारात्मक छन्। निजी क्षेत्र र लगानीकर्तामा उत्साह छैन। विकास र पूर्वाधार निर्माणमा अलमल र चरम नैराश्य छ। भनिएको छ, ‘अस्थिर सरकारको चपेटाबाट मुलुक गुज्रिएको विगतको परिप्रेक्ष्यमा वर्तमान सरकारले एक वर्षको कार्यकाल पूरा गरेकोमा विवेकशील साझा पार्टी प्रधानमन्त्री केपी ओलीलाई हार्दिक बधाई दिन चाहन्छ ।’’भनिएको छ ।
सरकारका कामकारबाहीप्रति आलोचनात्मक भएर प्रधानमन्त्री स्वयंले अशोभनीय भाषा प्रयोग गर्दै असहिष्णु हुनुभन्दा आलोचनालाई सकारात्मक रूपमा ग्रहण गरी आम नागरिकको मन जित्ने कार्यशैली अपनाउन विवेकशील साझाले सरकारलाई सुझाव दिएको छ
बिज्ञप्ती पढ्नु होस् ।