ताजा समाचार


डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि सिफारिस

 नेपाल बाहक    ५ फाल्गुन २०७५, आईतवार १३:५६     455 जनाले पढ़िसके

फागुन ५ , काठमान्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०१८ को नोबेल शान्ति पुरस्कारका मनोनयन परेका छन् । जुन महिनामा उत्तर कोरियाली नेता किम जोङ–उनसँगको महत्वपूर्ण शिखर सम्मेलन गरेपछि ट्रम्पको नाम मनोनयन गर्न सम्भावना भएको वासिङ्टनले भनेको एक जापानी सरकारी स्रोतले जानकारी दिएको जापानी पत्रिका आसाही शिम्वुनमा समचार छ । अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार आफ्नो नाम शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री आबेले मनोनयन गरेको बताएपछि उक्त रिपोर्ट बाहिर आएको थियो । आबेले नोबेल शान्ति पुरस्कार समितिलाई पठाएको पाँच पाना लामो पत्रको प्रतिलिपी आफूलाई पठाएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनुभएको छ । पत्रमा जापानी नेताले प्योङयाङसँग चलेको तनावलाई शान्त बनाउन खेलेको योगदानको प्रशंसा गर्नुभएको छ । जापानी नेताले पत्रमा ‘मैले तपाईलाई नोबेल शान्ति पुरस्कार दिनका लागि अनुरोध गरेको छु भनी भनेको र आफूले उहाँलाई धन्यवाद दिएको’ अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसमा भेला भएका सञ्चारकर्मीसँग बताउनुभएको थियो ।