ताजा समाचार


फागुन ७ गतेदेखि देशव्यापी जनसंघर्ष सुरु गर्ने राप्रपाको घोषणा

 नेपाल बाहक    ५ फाल्गुन २०७५, आईतवार १४:०९     352 जनाले पढ़िसके

फागुन ५ , काठमान्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन ७ गतेदेखि देशव्यापी जनसंघर्ष सुरु गर्ने भएको छ। आइतबार काठमान्डौमा पत्रकार सम्मेलन गरि धर्म निरपेक्षताको खारेजी, हिन्दुराष्ट्र घोषणा, संघीयतामाथि जनमतसंग्रह, राजसंस्थासहितको प्रजातन्त्रलगायतका माग राख्दै जनसंघर्ष गर्न लागेको अध्यक्ष कमल थापाले बताएका हुन् । राप्रपाले २०४७ सालपछि उच्च पदमा बसेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न, आर्थिकरुपमा विपन्न अन्य जातीय समूहलाई पनि कम्तीमा १० प्रतिशत आरक्षण दिन, १० कक्षासम्म संस्कृत शिक्षा अनिवार्य गर्न, विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन पनि माग गरेको छ ।