ताजा समाचार


ठुलो परिमाणको अवैध गाजाँ सहित ८ जना पक्राउ

 नेपाल बाहक    ६ फाल्गुन २०७५, सोमबार ११:५६     579 जनाले पढ़िसके

फागुन ६ , सिन्धलि । जिल्ला प्रहरी कार्यलय सिन्धुलिले ठुलो परिमाणको अवैध गाजाँ सहित ८ जना पक्राउ गरेको छ । प्रशोधनका लागि तयारी अवस्थामा राखिएको ५ ट्रक बराबरको गाँजा र प्रशोधन गरी भारत तर्फ लैजान लागेको ५ किलोग्राम गाँजा सहित सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका स्थित क्यानेश्वरबाट उनिहरुलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी पमुख प्रहरी उपरिक्षक चक्र बहादुर सिँहले जानकारी दिएका छन। पक्राउ पर्नेमा पर्सा जिल्ला पर्शाहगढी नगरपालिका ४ का ४५ वर्षका जयदेव माझी मुसहर, वर्ष ४६ का बागर माझी मुसहर, वर्ष ४५ का डोडामाझी मुसहर, वर्ष ३५ की लालमती माझी मुसहर, वर्ष ४० की भगवती माझी मुसहर, वर्ष ३७ की रोहनी माझी मुसहर, वर्ष ३६ की तैइती माझी मुसहर, वर्ष ३३ की कुसुनी माझी मुसहर रहेका छन् ।