ताजा समाचार


६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश

 नेपाल बाहक    ७ फाल्गुन २०७५, मंगलवार ०३:४४     338 जनाले पढ़िसके

फागुन ६ , काठमान्डौ । ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति बिद्या देबि भण्डारीबाट जारी शुभकामना सन्देश जारी गर्नु भएको छ । शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले जनताका चाहना पूरा गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने बताउनु भएको छ । प्रजातन्त्रलाई जीवनपद्धति बनाएर अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना उहाँले गर्नु भएको छ । प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसाथ गर्दै अघि बढ्ने उत्प्रेरणा प्रजातन्त्र दिवसले प्रदान गरोस् भन्ने कामनासमेत उहाँले गर्नु भएको छ । प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपति भण्डारीले यस दिवसले प्रजातन्त्रलाई जीवनपद्धति बनाएर अगाडि बढ्ने प्रेरणा हामी सबै नेपालीमा दिन सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।