फागुन ९ , काठमान्डौ । प्रहरीलाइ घुस दिन खोज्ने एक चालकलाई प्रहरीले प्रकाउ गरेको छ । आज काठमाण्डौ कोटेश्वरमा प्रहरीलाई १ सय रूपैयाँ घुस दिन खोज्ने एक ट्रक चालक पक्राउ परेका हुन् । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीलाई जाँचको क्रममा एक सय रुपैयाँ घुस दिन खोज्ने ना ६ ख ५९४२ नम्बरको ट्रकका चालक कुलप्रसाद वाग्ले पक्राउ परेको प्रहरीले जनाएको छ ।