फागुन १०, काठमान्डौ । आज देखि फेरी पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । यतिबेला आकाश खुले पनि दिउँसोपख काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम बदली हुने र पानी पर्ने मौसमविदहरुले बताएका छन्। पश्चिमी वायुको प्रभावका कारण आजदेखि मौसम बदली भएर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमका एक, दुई ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । काठमाण्डौसहित मध्य र पूर्वी क्षेत्रमा पनि हल्का पानी पर्ने सम्भावना देखिएको उहाँले बताउनुभयो । मध्यका १/२ ठाउँमा र पूर्वका केही ठाउँमा पनि हल्का पानी पर्ने सम्भावना रहेको छ । हिजो र अस्ति मौसम सफा भएको थियो । अबको एकदुई दिन मौसम बदली हुँदा फेरि तापक्रम घट्ने र अर्को हप्तादेखि लगातार जस्तै तापक्रम बढ्ने मौसमविद श्रेष्ठले बताउनुभयो ।