रामेछाप फागुन १० गते । शुभ जीवन हस्पिटल प्रा।लि खुर्कोट सिन्धुलीले विद्यालयमा अध्ययन गर्ने माध्यामिक तहका विद्यार्थीहरुलाई स्वास्थ्य क्षेत्र र रोगहरुका बारेमा जानकारी दिने उदेश्यले शुभ जीवन हेल्थ क्विज २०७५ आज सम्पन्न सम्पन्न गरेको छ । शुभ जीवन हस्पिटल प्रा।लि सिन्धुलीका अध्यक्ष डा।राजन न्यौपानेको अध्यक्षतामा, मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा शुक्रबार रामेछाप जिल्लाको मन्थली नगरपालिका १ गढवारीमा रहेको नागकन्या माध्यामिक विद्यालयमा मन्थली नगरपालिका वडा नं १ वडा स्तरीय अन्तर माध्यामिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता २०७५ ९शुभ जीवन हेल्थ क्विज २०७५० को ओयोजना गरिएको थियो । सो प्रतियोगितामा मन्थली १ भित्र पर्ने ५वटा माध्यामिक विद्यालयले भाग लिएका थिए । जसमा लिटिल स्टार इङ्ग्लिस स्कुल प्रथम हुदै ८ हजार नगद सहित शिल्ड र प्रमाण पत्र हात पार्न सफल भएको छ । त्यस्तै कर्कलादेवी बोर्डिङ स्कुल द्धितिया हुदै ६ हजार नगद सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । मन्थली माध्यामिक विद्यालय तितृया हुँदा ४ हजार शिल्ड प्रमाण पत्रमा चित्त बुझाएको छ । त्यस्तै सान्तोना भएका तामाकोसी बोर्डिङ स्कुल र नागकन्या माध्यामिक विद्यालय गढवारी लाई प्रमाण पत्र प्रदान गरिएको अयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्थली नगर प्रमुख रमेश कुमार बस्नेत ले आगामी दिनमा नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा यस्ता कार्यक्रम प्रभावकारी हुने भन्दै नगरपालिकाले यस्ता कार्यक्रलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
यस्ता कार्यक्रमले विद्यालयमा अध्ययन गर्ने सबै तहका विद्यार्थीहरुलाई स्वास्थ्य क्षेत्रको आधारभूत र सामान्य ज्ञान मिल्ने हस्पिटलको उदेश्य रहेको अध्यक्ष डा।न्यौपाने ले जानकारी दिए । हस्पिटल ले नागकन्या माध्यामिक विद्यालय मा पढ्ने गरिव तथा जेहेनदार विद्यार्थी १ जना छात्र र १ जना छात्रालाई वार्षिक ५००० को शुभ जीवन छात्रवृत्ति र यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरु उपचारको लागी यो हस्पिटलमा गएमा १५ प्रतिशत छुटको व्यवस्था गरिने अध्यक्ष डा। न्यौपाने ले जानकारी गराए ।