ताजा समाचार


नाइजोरियमा सुरक्षाफौजले गरेको कारबाहीमा ५९ लुटेरा मारिए

 नेपाल बाहक    १० फाल्गुन २०७५, शुक्रबार १३:२८     499 जनाले पढ़िसके

फागुन १० , नाइजोरीया । नाइजोरीयमा ५९ जना लुटेरा मारिका छन् । लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाहीमा लुटेरा मारिएका सुरक्षा अधिकारीहरुले जनाएका छन् । सो भिडन्तका क्रममा सात जना गाउँलेको पनि ज्यान गएको बताइएको छ । स्थानीय सञ्चार माध्यमहरुले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताएका छन् । डानमार्क भन्ने अर्को गाउँमा पनि १५ जना लुटेरा मारिएको स्थानीय सरकारी अधिकारीले बताएका छन् । उत्तर पश्चिम नाइजेरियाको बिग्रदो शान्ति सुरक्षाको अवस्थाले राष्ट्रपति मोहम्मदु बुहारीमाथि चुनौती बढेको छ । आगामी शनिबार नाइजेरियामा राष्ट्रपतिको चुनाव हुँदैछ । चुनाव अघि भएका यी घटनाले राष्ट्रपति बुहारीको पुनः निर्वाचनलाई कठिन बनाएको छ । राष्ट्रपति बुहारीको राम्रो पकड रहेको तथा खेतीपाती र पशुपालन मुख्य पेशा व्यवसाय भएका यस क्षेत्रका जनताले सुरक्षा फौजले आफ्नो सुरक्षामा पर्याप्त ध्यान नदिएको गुनासो गरिरहेका छन् ।