ताजा समाचार


रामेछापमा रामेछाप अण्डा उत्पादक संघ गठन

 नेपाल बाहक    ११ फाल्गुन २०७५, शनिबार १०:५१     799 जनाले पढ़िसके

फागुन ११, रामेछाप । रामेछाप जिल्लामा आज रामेछाप अण्डा उत्पादक संघ गठन भएको छ । शनिबार मन्थलीमा भेला भएको अण्डा उत्पादक कृषकहरुको भेलाले सुमन कुमार श्रेष्ठको अध्यक्षता १९ सदस्य रामेछाप अण्डा उत्पादक संघ गठन गरेका हुन् । जस उपअध्यक्ष, सचिब , सह− सचिब र कोषअध्यक्षमा क्रमश मनोज खड्का , सुनिल कुमार राय ,प्रकास बिक र निर्मला कार्कि रहेका छन् । संघ गठन पछि रामेछाप अण्डा उत्पादक संघले रामेछाप जिल्लामा उत्पादित अण्डाको काटुनमा रामेछाप अण्डा उत्पालदक संघ लोगो राख्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यलय रामेछाप र जिल्लाका सबै स्थानिय तहमा रामेछापमा उत्पादित अण्डाको बजार ब्यबस्थापनको ग्यारेन्टि तथा अण्डा उत्पादक कृषकलाई अनुदान , सहुलियतपूर्ण कर्जाको लागि माग सहितको ज्ञापन पत्र बुझाउने निर्णय भएकको नवगठित संघ अध्यक्ष सुमन कुमार श्रेष्ठले बताउनु भयो ।