ताजा समाचार


मन्त्री अधिकारीको श्रद्धाञ्जलि कार्यक्रम शुक्रबार

 नेपाल बाहक    १६ फाल्गुन २०७५, बिहीबार १२:२८     293 जनाले पढ़िसके

काठमाडौं, फागुन १६ । बुधबार हेलिकोप्टर दुर्घटनामा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलि कार्यक्रम शुक्रबारका लागि गरिने भएको छ । पोस्टमार्टमका लागि समय लाग्ने भएपछि शुक्रबार बिहान ८ बजेदेखि अन्तिम श्रद्धाञ्जलिका लागि उनको शव काठमाडौंको टुँडिखेलमा राखिने बताइएको छ। बिहीबारै मृतकका शव श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राखिने कार्यक्रम तय गरिएको थियो । बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री अधिकारीसहित सातैजनाको शवको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम भइरहेको छ । मन्त्री अधिकारीको अन्त्येष्टि उनको गृहजिल्ला कास्कीमा हुनेछ । अधिकारीको शव शुक्रबार बिहान टुँडिखेलमा राखेर अन्तिम श्रद्धाञ्जलि दिएपछि पोखरा लगिने जनाइएको छ ।