काठमान्डौ , १७ फागुन । बुधबार ताप्लेजुङमा हेलिकटर दुर्घटनामा परी निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको शोकमा दुई एयरलाइन्स कम्पनीले शुक्रबारको उडान स्थगित गर्ने भएको छ । शेर्पाको यति र तारा एयरलाइन्स प्रबन्ध निर्देशक हुनुुहुन्थ्यो । शेर्पाको शोकमा यति र तारा एयरलाइन्सले सम्पूर्ण उडान स्थगित गरेको वेभसाइटमार्फत सुचित गरेको छ । सेवा स्थगित गर्दा यात्रुलाई पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ ।