ताजा समाचार


गृहनगर पोखरामा स्वर्गिय मन्त्रीको अधिकारीको अन्त्येष्टि , श्रीमती र छोराहरुले दिए दागवत्ति

 नेपाल बाहक    १७ फाल्गुन २०७५, शुक्रबार १२:४०     462 जनाले पढ़िसके

१७ फागुन ,पोखरा । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको आज अन्त्येष्टि गरिएको छ । उहाँलाई आज गृह नगर पोखरा राजकीय सम्मानका सहित अन्त्येष्टि हो । रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिए । अधिकारीको शव आजै काठमाडौंबाट पोखरा लगिएको थियो । पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभापछि रामघाटसम्म शवयात्रा गरिएको थियो । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्मको शवयात्रामा सयौं सर्वसाधारण सहभागी भएका थिए । अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारको तयारी छ । काजकिरिया उनको पोखरा मालेपाटनस्थित घरमा हुनेछ ।