ताजा समाचार


शिवरात्रीको अवसरमा ब्रम्हकुमारी राजयोग रामेछापको शान्ति र्याली तथा प्रवचन कार्यक्रम

 नेपाल बाहक    २० फाल्गुन २०७५, सोमबार १२:३५     640 जनाले पढ़िसके

फागुन २०, रामेछाप । महाशिवरात्री पर्वको अवसरमा ब्रम्हकुमारी राजयोग केन्द्र उपशाखा कार्यालय मन्थलीलीले रामेछापको सदरमुकाम मन्थलीमा सोमबार शान्ति र्याली तथा प्रवचन कार्यक्रमको अयोजना गरेको छ । मन्थली स्थित राजयोग केन्द्रबाट निश्किएको शान्ति र्याली मन्थलीको बसपार्क हुँदै मन्थली बजार परक्रिमा गरेर पुन राजयोग केन्द्रमा नै पुगेको थियो । झाँकि सहित निस्किएको कलशयात्रामा ब्रम्हकुमार, ब्रम्हकुमारीहरु तथा बजारबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कलशयात्रा परिछ राजयोग केन्द्रमा ब्रहकुमारी सिताको अध्यक्षतामा अयोजित कार्यक्रम मन्थली नगरपालिका उपप्रमुख मायाँ कार्कीको प्रमुख आतिथ्यता तथा रामेछाप नगरपालिका उपप्रमुख सिर्जना खड्काको विशेष आतिथ्यतामा भएको थियो । कार्यक्रमलाई सहायक प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद शर्मा, नेकपाका नेता आनन्द श्रेष्ठ, नेपाली काँग्रेसका मदन अधिकारी लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रमका बक्ताहरुले योगको पनि राजा राजयोगलाई प्रवर्धन गर्न सके सारिरिक र मानसिक शान्ति मिल्नेमा जोड दिएका थिए । पूर्विय दर्शन मानव र समाज विकासको सर्वोत्कृष्ट दर्शन भएकोले यसको प्रवर्धन गर्न सके विश्व शान्ति कायम हुनेमा उनीहरुको जोड थिए ।