ताजा समाचार


नोबेल शान्ति पुरस्कारको लागि म योग्य छैन : पाकिस्तानी प्रधानमन्त्री खान

 नेपाल बाहक    २० फाल्गुन २०७५, सोमबार १२:५६     386 जनाले पढ़िसके

फागुन २० , काठमान्डौ । नोबेल शान्ति पुरस्कारको लागि आफु योग्य नभएको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बताएको छन् । पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका वाइलट विंगर कमाण्डर अभिनन्दन वर्तमानलाई रिहा गर्ने घोषणा गरेपछि इमरानलाई नोबेल शान्ति पुरस्कार दिलाउन अभियान सुरु भएको थियो । उनीहरुको तर्क छ, ‘इमरानले भारत पाकिस्तानको युद्धको आशंकालाई टारे र शान्तिको पक्षमा काम गरे ।’उनले सोमबार ट्वीट गर्दै भनेका छन्, ‘म नोबेल शान्ति पुरस्कार पाउने योग्य छैन । नोबेल शान्ति सम्मानको हकदार त्यो हुनेछ, जसले कश्मिरीहरुको इच्छाअनुसार कश्मिर विवाद समाधान गर्छ र पुरै महाद्वीपमा शान्ति र मानवताको विकासको बाटो तयार पार्छ ।