ताजा समाचार


मन्थलीमा माइक्रोबस दुर्घटना : एकको मृत्यु, एक जना घाइते

 नेपाल बाहक    २० फाल्गुन २०७५, सोमबार १४:११     460 जनाले पढ़िसके

नवराज पथिक
रामेछाप, फागुन २० गते, रामेछापको सदरमुकाम मन्थली नगरपालिका –२ करमबोट एक्ले बरबोटमा सोमबार साँझ माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि एक महिला गम्भिर घाइते भएकी छिन् ।
मन्थलीबाट मालुखोला तर्फ जाँदै गरेको कुशेश्वर यातायातको बा १ ज ९९०१ नं को माइक्रो बस साँझ ६ः३० बजेति दुर्घटनामा परेको हो । घटनामा परि गाडि धनि काठमाडौँका ४५ वर्षिय कर्मा लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक मोहन थापाले जानकारी । घटनामा परि मन्थली नगरपालिका –२ की अञ्जना खड्का गम्भिर घाइते भएकी छिन् ।
घाइते मध्ये लामालाई उपचाको लागि मन्थली स्थित रामेछाप सामुदायीक अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । घाइते खड्कालाई भने थप उपचारको लागि काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ । गाडी सडकबाट करिव एक सय मिटर तल खसेको थियो । गाडीमा चालक सहित ३ जना सवार थिए ।