फागुन २५ , रामेछाप । रामेछापको सदमुकाम मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड शनिबार बाट सहकारी अध्ययन भ्रमणमा निस्किएको छ । सहकारीको २० औँ साधारणसभाबाट गोलाप्रथाद्धारा छनौट भएका सहकारीका शेयर सदस्य र संचालक समितिका पदाधिकारी सहित ३२ जनाको टोली सहकारी भ्रमणमा निस्किएको हो । आफ्ना शेयर सदस्यलाइ अन्य जिल्लाको सहकारीको अध्ययन अवलोकन गरि बचत तथा ऋण कारोबार नियमित गराउनका लागी भ्रमणमा लगिएको संस्थाका सचिक सोमेस थापा जानकारी दिनु भएको छ । सहकारीको अध्ययन अवलोकन पश्चात क्षमता अभिबृद्धि हुने, नेतृत्व विकास हुने र सहकारीको मूल्य मान्यता अनुसार सहकारी संचालनमा सहजता आउने विश्वास संस्थाले लिएको छ । सहकारी अध्ययन भ्रमणको टोलीले बुटवल , पाल्पा भैरहवा, नवलपरासि र हेटौंडा लगायतकाका जिल्लामा रहेका उत्कृृृष्ट सहकारी संस्था , धार्मिक स्थल , पर्यटकिय स्थल अवलोकन गर्ने संस्थाका व्यवस्थापक रमेश कुमार उदासकले बताउनुभयो । भ्रमण टोली फाल्गुण ३० गते बेलुका मन्थली आइपुग्ने कार्यक्रम रहेको साकोसका सहायक ब्यबस्थापक रामचन्द्र बुढाथोकिले बताउनु भयो ।