ताजा समाचार


नबजागरण साकोसको सहकारी अध्ययन अबलोकन भ्रमण : उत्कृष्ट सहकारी , पर्यटकिय र धार्मिक स्थालको भ्रमण

 नेपाल बाहक    २७ फाल्गुन २०७५, सोमबार १४:४६     850 जनाले पढ़िसके

फागुन २७ , रामेछाप । रामेछापको मन्थलीमा रहेका नबजागरण साकोसले सहकारी अध्ययन अवलोकन भ्रमणको क्रम बिभिन्न उत्कृष्ट साकोस , धार्मिम तथा पर्यटकिय स्थालको भ्रमण गरेको छ । संस्थाका सचिब सोमेस थापाको नेतृत्वमा रहेको ३२ सदस्य भ्रमण टोलिले हेटौँडा , चितवन , नवलपरासी ,रुपन्देहि बुटलवल र भैरहवा लगाएतका साकोस , धार्मिक तथा पर्यटकिय स्थलको भ्रमण गरेको हो । सहकारी अध्ययन अबलोकन तथा भ्रमण टोलिले हेटौँडाको सहिद स्मार पार्क , नबलपरासि जिल्लाको देवचुलिमा रहेको परोपकार सकोस , रुपन्देहि जिल्लाको लुम्बीनिमा रहेको प्रसिद्व धर्मिक तथा पर्यटकिय स्थाल गौतम बुद्वको जन्म स्थल ,रुपन्देहि जिल्ला तिलोत्तमा नगरपालिकामा रहेको जनउत्थान साकोस र बुटवलमा रहेको उप महानगरपालिकामा रहेको फुलबारी पार्कमा भ्रमण गरेको छन् ।
२० औ साधरणसभा बाट चिठ प्रकृया द्वरा छनोट भएका सेयर सदस्यालाई भ्रमण लागिएको संस्थाले जनाएको छ । टोलि गत शनिबार बाट भ्रमण निस्किएको हो । पाल्पाको रानिमहल , देवदह साकोसको अबलोकन गरि बिहिबार मन्थली आइपुग्ने कार्यक्रम रहेको छ ।