रामेछाप । चैत ३ गते
रामेछापको खाँडादेवी गाउँपालिकाले गाउँपालिकाको योजना निर्माण तथा भई रहेक कार्यक्रमका बारेमा नागरिक अगुवासँग सुझाव लिन सुरु गरेको छ । गाउँपालिकाले गाउँपालिका स्तरमा साझेदारी मञ्च गठन गरी आपूmले गर्ने र गरिरहेका काममा नागरिकको सुझाव लिन सुरु गरेको हो ।
सोही क्रममा आइतबार गाउँपालिकाले साझेदारी मञ्चको बैठक आयोजना गरि नागरिक अगुवाहरुबाट सुझाव लिएको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा हुराडेक नेपाल दोलखाको नागरिक समाजःपारस्पारिक जावाफदेहीता परियोजनाका जिल्ला कार्यक्रम संयोजक नवराज पथिकले नागरिक समाजा र स्थानीय सरकार बिचको समन्वय र सहकार्यको आबश्यकता र महत्वको बारेमा प्रकाश पारेका थिए ।
खाडाँडादेवी गाउँपालिकाको सममन्वय र युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र हुराडेक नेपालको सहजिकरणमा सञ्चालित नागरिक समाजः पारस्पारिक जवाफदेहीता परियोजनाको आयोजनामा भएको कार्यक्रमममा नागरिक अगुवाहरुले स्थानीय सरकार जनताको घरघरमा पुग्नु पर्नेमा जोड दिए ।
उनीहरुले एक वडा एक उद्योगको अवधारणा बनाउनु पर्ने, व्यवसायीक कृषिमा जोड दिनुपर्ने, सामाजिक सुरक्षा भत्ता समयमानै वितरणको व्यवस्था मिलाउनु पर्ने लगायतक सुझाव दिएका छन् ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले प्राप्त सुझावहरु मननिय भएको भन्दै सुझाव माथि गाउँकार्यपालिकामा छलफल गरी कार्यान्वयतको दिसामा अघि बढ्ने बताए ।
बैठकमा गाउँपालिका अध्यक्ष सहित, उपाध्यक्ष मखमली श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद सुवेदी, ९ वटै वडाका अध्यक्षहरु, गाउँ कार्यपालिका सदस्यहरु, नागरिक समाजका अगुवा लगयातको सहभागिता रहेको थियो ।