ताजा समाचार


मन्थलीमा विपद जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन अनुकुलनका बारेमा छलफल

 नेपाल बाहक    ३ चैत्र २०७५, आईतवार ११:०७     528 जनाले पढ़िसके

रामेछाप । चैत ३ गते
रामेछापको सदरमुकाम मन्थलीमा विपद जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन अनुकुलनका बारेमा छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफलमा वन क्षेत्रसंग सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो । छलफलको आयोजना युएसएडको आर्थिक सहयोगमा सञ्चालित सवल परियोजनाको सहयोगमा सामुदायिक वन उपभोक्ता महासंघ रामेछापले गरेको हो । कार्यक्रमको समन्वय डिभिजन वन कार्यलय रामेछाप, पहाडी समाजकल्याण केन्द्र दोरम्बा, सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले गरेका थिए ।
सामुदायिक वन उपभोक्ता महासंघ रामेछापका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा मन्थली नगरपालिकाकी उपप्रमुख माया कुमारी कार्की, रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, लिखुतामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल, सामुदायिक वन उपभोक्ता महाासंघ केन्द्रिय सदस्य ढालविक्रम कार्की, ३ नं प्रदेशका अध्यक्ष विनोद सापकोटा, नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री, गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवन कुमार श्रेष्ठ,सवल परियोजना रामेछापका प्रमुख दील बहादुर नेपाली लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महाासंघकी केन्द्रिय अध्यक्ष भारती पाठकले नेपालले अहिले जलवायु परिवर्तनको असर भोगीरहेको उल्लेख गरिन् । उनले जलवायु परिवर्तनको कारण खडेरी,डडेलो,बाढी पहिरो,जस्ता प्राकृतिक विपत्तीका घटनाहरु बढेको बताउदै आर्थिक स्थिति कमजोर भएको मुलुकमा झनै ठूलो असर परेको बताइन् । अध्यक्ष पाठकले अहिले वन क्षेत्रको बारेमा केन्द्र प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रको विषयमा समस्या रहेका बताइन् । कानुन बनाएर छिटै वन क्षेत्रको बारेमा टुङ्गो लगाउनुपर्ने अध्यक्ष पाठकको भनाई छ ।