ताजा समाचार


खाँडादेवीमा प्रसुती केन्द्रको भवन बनाउने बारेमा चुडरेप र गाउँपालिका बिच सम्झौता

 नेपाल बाहक    ४ चैत्र २०७५, सोमबार १२:०३     398 जनाले पढ़िसके

चैत ४ गते, रामेछाप । रामेछापकको खाँडादेवी गाउँपालिकाको वडा नं ६ माकादुममा प्रसुती केन्द्रको भवन बनाउने विषयमा सामुदायीक जनशक्ति विकास कार्यक्रम चुडरेप र गाउँपालिका बिच सम्झौता भएको छ । सोमबार गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ र संस्थाका अध्यक्ष गेहेन्द दर्लामीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
अमेरिकियर्सको आर्थिक सहयोगमा सञ्चालित मातृशिसु स्वास्थ्य सुधार परियोजना अन्तगर्त सो संस्थाले खाँडादेवी गाउँपालिका ६ माकादुममा रहेको स्वास्थ्य चौकीमा २ कोठे प्रसुती केन्द्रको भवन निर्माणको लागि सहयोग गर्न लागेको हो । कुल १८ लाख रुपैयाँको लागतमा बन्ने सो भवन २०७६ जेठ मसान्तसम्म निर्माण गरि सक्नु पर्ने सम्झौता भएको छ । भवन निर्माणको लागि संस्थाले गाउँपालिकालाई रकम उपलब्ध गराउने छ । भवन निर्माणको काम उपभोक्ता समिति मार्फत हुने वडा अध्यक्ष पुष्कर कार्कीले जानकारी दिए ।
सम्झौता पछि गाउँपालिका अध्यक्ष तामाङले महिलाहरुको स्वास्थ्य सुधारको लागि सो कार्यले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले स्वास्थ्यको अन्य क्षेत्रमा समेत सहयोग र सकार्य गर्न आग्रह गरे ।
खाँडादेवी गाउँपालिका ६ का वडाअध्यक्ष पुष्कर कार्कीले प्रसुती केन्द्र नहुँदा महिलाहरुले समस्या भोग्दै आएकोमा यसले महिला र बच्चाको स्वास्थ्य सुधारमा सहयोग पुग्ने बताए । सामुदायीक जनशक्ति विकास कार्यक्रम गोल्माटारका अध्यक्ष गेहेन्द्र दर्लामीले जिल्लामा मातृशिसु स्वास्थ्यमा सुधारमा सहयोग पुर्याउने गरी आपूmहरुले काम गरि रहेको बताए ।
यसै गरि खाँडादेवी गाउँपालिकालाई सो परियोजनाले एक थान एम्बुलेन्स समेत उपलब्ध गराउने भएको छ । गाउँपालिकाको लागि एम्बुलेन्स खरिदको प्रक्रिाय अघि बढेको जिल्ला अस्पताल रामेछापको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रोशन पाख्रिनले जनकारी दिए ।