ताजा समाचार


चलचित्र विकास बोर्डको अध्यक्ष पदमा भट्टराई नियुक्त

 नेपाल बाहक    ७ चैत्र २०७५, बिहीबार १२:३२     459 जनाले पढ़िसके

काठमाण्डौ – चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्माता तथा कलाकार केशव भट्टराई नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । बोर्ड अध्यक्ष भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै भट्टराईले नेपाली चलचित्र क्षेत्रको विकासमा अहोरात्र खटिने बताए । उनले आफूले चलचित्र क्षेत्रको विकासका लागि योजना बनाएको र योजनाका बारेमा पदबहाली गरेपश्चात जानकारी गराउने बताए । तत्कालीन अध्यक्ष निकिता पौडेलले केही महिना अगाडि राजीनामा दिएपछि चलचित्र विकास बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो । नवनियुक्त बोर्ड अध्यक्ष भट्टराई चलचित्र निर्माता संघको वरिष्ठ उपाध्यक्ष समेत हुन् । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको २ वर्षसम्म कार्यकाल रहने छ ।