ताजा समाचार


रामेछापमा भिरबाट लडेर एकको मृत्यु

 नेपाल बाहक    ८ चैत्र २०७५, शुक्रबार ०८:५७     369 जनाले पढ़िसके

चैत ८ रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा ६ फर्पुमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । शुक्रबार खिम्तीबाट फर्पु जाने क्रममा फर्पुको सिमलडाँडा सडकको छेउको भिरबाट खस्दा लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ घर भएका ४५ बर्षिया पाल्दोर्जे तामाङको मृत्यु भएको गोकुलगंगा–६ फर्पुका वडा अध्यक्ष चन्द्र बहादुर सुनुवारले जानकारी दिनु भएको छ । तामाङले मदिरापान सेवन गरेको बताइएको छ । घटनाको बारे अनुसन्धान भइरहेको रामेछाप प्रहरी बताएको छ ।