ताजा समाचार


चीनको केमिकल प्लान्टमा विस्फोट हुँदा ४४ जना मृत्यु

 नेपाल बाहक    ८ चैत्र २०७५, शुक्रबार १२:२६     297 जनाले पढ़िसके

बेइजिङ, चैत ८ । चीनको एउटा केमिकल प्लान्टमा विस्फोट हुँदा ४४ जना भन्दा बढिको मृत्यु भएको छ भने विस्फोटमा परेर ९० जना घाइते भएका छन् । घाइतेमध्ये ३२ जनाको अवस्था गम्भीर छ । विस्फोटलगत्तै कारखानामा रहेको ६४० जनालाई अस्पताल पुर्‍याइएको थियो । विस्फोटपछि कारखानामा आगो लागेको थियो । यो कारखानामा उर्जा उत्पादनको काम हुँदै आएको थियो । चिनियाँ भूकम्प मापन केन्द्रले विस्फोटको समयमा २।२ म्याग्नेच्युटको धक्का महसुस भएको जनाएको छ । कारखानामा लागेको आगो नियन्त्रणमा लिइएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।