ताजा समाचार


सरकारले दिएको सुबिधा कार्यान्वयमा नआएको रामेछापका जेष्ठ नागरीकको गुनासो

 नेपाल बाहक    ११ चैत्र २०७५, सोमबार १३:२३     366 जनाले पढ़िसके

११ चैत रामेछाप । रामेछापका जेष्ठ नागरीकले सरकार दिएको सुबिधा कार्यान्वयनमा सरोकारवाला निकायले चासो नदिएको आरोप लगाएका छन् । मन्थली नगरपालिकाको रसभाहलमा आयोजित सरोकारवालाहरु बिचको अन्र्तक्रिया कार्यक्रममा बोल्दै जेष्ठ नागरिकहरुले यस्तो गुनासो गरेका हुन् । उनीहरुले यातायातमा सहुलियत, स्वास्थ्य उपचारमा छुटदिने सरकारले घोषणा कार्यान्वयनमा सरोकारवाला निकायले चासो नदिएको आरोप लगाएका छन् । यात्रुबहाक सवारी साधनमा जेष्ठ नागरिक आरक्षण सिट भएपनि प्रयोग गर्न नपाएको उनीहरुको गुनासो छ ।
कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले जेष्ठ नागरिकलाई राज्यले विगतदेखीनै निर्वाह भत्ता उपलब्ध गराउदै आएको र अब थप कार्यक्रम ल्याउने बताए । उनले नगरपालिकाको तर्फबाट जेष्ठ नागरिकहरुको हितको लागी काम गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । त्यस्तै रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जेष्ठ नागरिकहरुको लागी राज्यले दिएको सेवा सुविधामा बाधा उत्पन्न गराउने काम कसैले गरे कानुनी कारबाहीको दायरामा ल्याउँने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल,उपभोक्ता मञ्चका संयोजक रामचन्द्र शर्मा कँडेल,जिल्ला जेष्ठ नागरिक संघका अध्यक्ष नारायणदास श्रेष्ठ,यातायात व्यवसायी लगाएतको सहभागिता रहेको थियो ।