काठमाण्डौ । पवनकली नामले परिचित लुनिभा तुलाधर मुन्द्रेको कमेडी क्लबमा आउने भएकि छन् । यसअघि कार्यक्रममा दिपाश्री निरौला, जितु नेपाल, राजाराम पौडेल, राजेन्द्र नेपाली र उमेश राई रहँदै आएका थिए । मुन्द्रेको कमेडी क्लबको अबको श्रृंखलामा भने लुनिभा तुलाधरलाई पनि देख्न पाइनेछ । कार्यक्रमले दर्शकको उत्कृष्ट साथ पाइरहेको छ । कार्यक्रमलाई अझ मनोरन्जनात्मक बनाउन नयाँ कलाकार थप गरिएको जितु नेपाल उर्फ मुन्दे्र बताउँछन् । सुरुवातमा केही आलोचना खेप्नु परे पनि पछिल्लो समय भने कार्यक्रमको लोकप्रियता बढ्दै गइरहेको छ । कार्यक्रले २५ औं एपिसोड पूरा गरेको छ । हरेक सोमबार राति ९ बजे नेपाल टेलिभिजनबाट प्रसारण हुने मुन्द्रेको कमेडी क्लब केदार घिमिरे – माग्ने बुढाको यूट्यूब च्यानल आमा अग्निकुमारी मिडियाबाट पनि हेर्न सकिन्छ ।