१२ चैत , रामेछाप । जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रमा नागरिक स्तरको निगरानी गर्ने विषयमा रामेछापको मानवअधिकार संरक्षण सञ्जालमा छलफल भएको छ । युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र हुराडेक नेपाल दोलखाको सहजिकरणमा सञ्चालित नागरिक समाजः पारस्पारिक जवाफदेहीता परियोजनाको आयोजनामा मंगलबार सो विषयमा छलफल भएको हो ।मानअधिकार संरक्षण सञ्जाल रामेछापसँगको समन्वयमा भएको कार्यक्रमा स्वास्थ्य र शिक्षा क्षेत्रमा गरिने नागरिक निगरानीको मापदण्डको बारेमा छलफल भएको थियो । कार्यक्रममा हुराडेक नेपालका जिल्ला कार्यक्रम संयोजक नवराज पथिकले निगरानीको रुजु तालिकाको नमुना प्रस्तुत गरेका थिए । बैठकले रुजु तालिकामा केही बुँदाहरु थप गरी सरोकारवाला निकायलाई जानकारी गराएर स्वास्थ्य र शिक्षा क्षेत्रमा नागरिक निगरानी गर्ने र त्यसको प्रतिवेदन सार्वजनिक गर्ने निर्ण गरिएको छ । मानवअधिकरा संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईको अध्यक्षतामा भएको सो कार्यक्रममा अधिकारकर्मीहरु, रामेछाप बारका अध्यक्ष विबचारसिं तमावकिल, पत्रकार
तथा गैसस महासंघ रामेछापका उपाध्यक्ष रत्नप्रसाद कँडेल लगायतका नागरिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम संञ्जालका अध्यक्ष पाण्डव प्रसाईँको अध्यक्षतामा भएको थियो ।