१२ चैत , रामेछाप । रामेछाप प्रहरीले सदरमुकाम मन्थलीबाट कुखुराको अण्डा बोकेको एक गाडी नियन्त्रणमा लिएको छ । चेकजाँचको क्रममा चितवनबाट ल्याइएको ९० कार्टुन अण्डा बर्डफ्लू भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो । रामेछापका स्थानीय पोल्टी ब्यवसायीले बर्डफ्लू संक्रमित क्षेत्रबाट अण्डा ल्याइएको प्रहरीलाई जानकारी गराएका थिए । प्रभु पोल्टी सप्लायर्स नारायणगढले जितपुरको लागि क्वारेन्टाइन काटेको, जितपुरबाट विना क्वारेन्टाइन रामेछाप ल्याइएको अण्डा पुग्ने स्थान र मिति उल्लेख गरिएको छैन । त्यसैगरी पशुपंक्षी तथा पशुपंक्षीय ओसारपसारको अनुमतिको भेटेरिनरी प्रमाणत्रमा क्यारेन्टाइनको छाप नभएको, ढुवानीको साधनको पहिचान नभएको, अण्डा प्याकिङ्ग गरिएको कार्टुन उत्पादक कम्पनी र अण्डा उत्पादक कम्पनी फरक पाइएकाले अण्डा निणन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । नियन्त्रणमा लिएको अण्डा बर्डफ्लू संक्रमित हुनसक्ने भएकाले नष्ट गरिने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । ढुवानी ब्यवसायिले जितपुरबाट विना क्वारेन्टाइन व्यसायिक पान बिलमा पुग्ने स्थान दोलखा उल्लेख गरि अण्डा ल्याएका थिए ।