ताजा समाचार


रामेछापमा विपद तथा जलवायु उत्थानशिल योजना तर्जुमा तथा कार्यान्वयनका लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

 नेपाल बाहक    १३ चैत्र २०७५, बुधबार १२:२८     416 जनाले पढ़िसके


रामेछाप । चैत १३ गते
स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना तर्जुमा तथा कार्यान्वयनका लागि क्षमता अभिवृद्धि कार्यक्रम बुधबार मन्थलीमा सम्पन्न भएको छ । जिल्ला विपद व्यवस्थापन समिति रामेछापको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रम जिल्ला समन्वय समिति रामेछापसंगको समन्यमा सम्पन्न भएको हो । युएसएडको आर्थिक सहयोग तथा पहाडी समाज कल्याण केन्द्र दोरम्बा र सामुदायीक जनशक्ति विकास कार्यक्रम गोल्माटारको साझेदारीमा सञ्चालित सवल परियोजनासँगको सहकार्यमा भएको कार्यक्रम जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा भएको थियो ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का लगायत समन्य समितिका उपप्रमुख र सदस्यहरु , मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेत, रानीतिक दलका नेताहरु, विभिन्न पालिकाका उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतहरु, सरोकारवाला सरकारी निकायका प्रमुखहरु, गैसस महासंघ रामेछापका अध्यक्ष भूवनकुमार श्रेष्ठ लगायत नागरिक संस्थाका प्रमुख एवं प्रतिनिधि लगातको कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रलायको वातावरण शाखाकी शाखाअधिकृत रीनू थपलियाले स्थानीय तहको विपद जोखिम न्यूनिकरण र व्यवस्थापन सम्बन्धि नीतिगत व्यवस्था स्थानीयकरण तथा प्राथमिकताको बारेमा प्रकाश पारेकी थिइन् ।
सवल परियोजनाका विरिष्ठ कार्यक्रम संयोजक दीलबहादुर नेपालीले सवल परियोजनाले रामेछापमा विपद व्यवस्थापन, वातावरण अनुकुलन, सामाजिक परिचालन, स्वास्थ्य र पोषण, शिप विकास तथा पशु सेवा लगायतको क्षेत्रमा काम गरि रहेको जानकारी दिए ।
पहाडी समाज कल्याण केन्द्र दोरम्बाका अध्यक्ष रत्नप्रसाद कँडेलले रामेछाप जिल्लामा खानेपानी तथा सरसफाईको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए । उनले जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गरेपछि पुर्णसरसफाईयुक्त जिल्ला घोषणाको काममा लाग्नु पर्नेमा ढिलाई भएको बताए ।
कार्यक्रमका सहभागिहरुले सबै स्थानीय तहसंग समन्य र सहकार्य गरी पूर्ण सरफाईको काम अघि बढाउनु पर्नेमा जोड दिए ।