ताजा समाचार


तुलसीका चमत्कारिक फाइदाहरु

 नेपाल बाहक    १५ चैत्र २०७५, शुक्रबार १३:०५     1108 जनाले पढ़िसके

हिन्दु धर्मावलम्बीहरुको घरघरमा प्राय तुलसीको मठ हुन्छ । तुलसी धार्मिक दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ । यसको पूजा पनि गरिन्छ । धार्मिक काममा मात्र होइन यो स्वास्थ्यको लागी पनि अत्ति लाभदायक मानिन्छ । तुलसीमा औषधिको गुण हुन्छ । दिनहुँ तुलसीको पात सेवन गरेमा केही बिरामीबाट बच्न सकिन्छ ।
तुलसीका फाइदाहरु
यसको सेवनले निमोनिया लाग्नबाट बच्न सकिन्छ । यदि तपाईलाई चिसो लागेको छ भने पनि कफ निकाल्न सहयोग गर्छ । यसले छातीको दुखाई पनि कम गराउँछ ।तुलसीको सेवनले ज्वरोको समस्या देखा पर्दैन । निमोनिया वा मलेरियाको ज्वरोमा तुलसी र मरिचको तीन दाना एक चम्चामा पानीमा घोलेर केहि दिन पिएमा त्यसले निकै फाइदा गर्छ । मुटु रोग भएका मानिसहरुले बिहान खाली पेटमा दुध र तुलसी सेवन गर्नु उत्तम मानिन्छ । ‍घाउ खटिरा आउँदा पनि तुलसीले राम्रो काम गर्छ । घाउ भएको ठाउँमा तुलसीको पात र बेसारलाई मिसाएर लगाउँदा चाँडै निको हुन्छ । यदि मुख गहनाउने समस्या भएमा पनि हामीले तुलसि सेवनबाट छुटकारा पाउन सक्छौ । शीघ्र स्खलन , स्ववप्न दोष तथा यौनजन्य रोगबाट टाढा रहनको लागी पनि तुलसी कै प्रयोग गर्नुपर्ने हुन्छ । यसको पात , डाँठको रस आदि मह मिसाएर पिउने गर्नु पर्छ