ताजा समाचार

SEE परिक्षाको भोली हुने स्वास्थ्य तथा जनसंख्याको प्रश्न-पत्र पनि बाहिरियो

 नेपाल बाहक    १५ चैत्र २०७५, शुक्रबार १३:३१     444 जनाले पढ़िसके

चैत, १५ रामेछाप । ध्यमिक शिक्षा परीक्षा एसइई २०७५ अन्तर्गत सञ्चालन भईरहेको परीक्षा अन्तर्गत भोली हुने भनिएको स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्न(पत्र समेत बाहिरिएको छ । यसअघि बाहिरिएको विज्ञान तथा सामाजिक शिक्षाको प्रश्न(पत्र पछि यो लगातार तेश्रो घट्ना हो । हरेक परीक्षाको एकदिन अघि प्रश्न-पत्र बाहिरिने घट्नाले विद्यार्थीहरुको भावना तथा मिहिनेतमाथि ठूलो खेलवाड भएको छ ।

जारी परीक्षाबारे हरेक केन्द्रहरुमा गरेको भ्रमणका क्रममा रहेका विभिन्न सरकारी प्रतिनिधिहरु तथा शिक्षा सरोकारक्षेत्रका टोलीले भोली हुने स्वास्थ्य तथा जनसंख्याको प्रश्न(पत्र समेत बाहिरिएको कुरा पुष्टि गरेका छन् । आज भएको यो तेश्रो घटना अवागै सरकारले प्रश्न(पत्र सार्वजनिक भएको घटनाको छानबिनको जिम्मेवारी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग ९सीआईबी०लाई दिने निर्णय गरेको छ ।