ताजा समाचार


हिन्दु राष्ट्र पूर्नस्थापनाको लागी देश भर हस्ताक्षर अभियान

 नेपाल बाहक    १७ चैत्र २०७५, आईतवार १२:३०     392 जनाले पढ़िसके

चैत १७ रामेछाप । राप्रपा नेपालले हिन्दु राष्ट्र पूर्नस्थापनाको लागी देश भर हस्ताक्षर अभियान सुरु गरेको छ । रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा पनि हस्ताक्षर अभियान चलाइएको छ । देवकोटाचोकमा भएको हस्ताक्षर अभियानमा नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने पक्षमा नागरिकहरुले स्वतस्फुर्त हस्ताक्षर गरेका थिए । हिन्दु राष्ट्र पूर्नस्थापना अभियानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्र तथा जिल्लास्तरका नेताहरुको सहभागिता रहेको थियो । राप्रपाका केन्द्रिय सदस्य एवं आदिवासी जनजाती विभागका प्रमुख लालध्वज लामा,नेपाल सनातन धर्म संस्कृती संगठनका प्रमुख पुष्पराज पुरुष, र राप्रपा रामेछापका अध्यक्ष रामचन्द्र शर्मा कडेल लगायतका नेताहरुले हस्ताक्षर सुभारम्भ गरेका थिए । राप्रपाका नेताहरुले हस्ताक्षर अभियान ले हिन्दु राष्ट्र घोषणाको लागी जनदबाव सृजना हुने बताएका छन् । नेपाल र नेपालीको पहिचानसंग जोडिएको हिन्दुत्व स्थापना गरेरै छाड्ने उनीहरुले बताएका छन् । हिन्दु राष्ट्र पूर्नस्थापना अभियानलाई साथ दिन राप्रपाले अग्रह गरेको छ ।