ताजा समाचार


२०७५ साल चैत २० गते बुधबारको राशिफल

 नेपाल बाहक    २० चैत्र २०७५, बुधबार ००:१२     524 जनाले पढ़िसके

मेष : चू,चे,चो,ला,लि,लू,ले,लो,अ० स्( लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानि बढ्नेछ । परिवारका ईच्छा,आकांक्षा तथा मनोकामना पुर्ति गर्न सकिनेछ । पैत्रिक धन तथा सञ्चित धनको प्रयोग गर आम्दानिमा बृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिष्पर्धिहरुलाई उछिन्दै अग्र स्थानमा आउँन सकिनेछ । प्रेमील जोडहिरुका लागि समय उत्तम रहेकोछ ।

बृष: ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो० स्( राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेकोछ । व्यावसायमा लागनि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पतिको प्रयोग गरि आए बढाउँन सकिनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

मिथुन : का,की,कू,घ,ङ,छ,के,को,हा० स्( व्यावसायबाट तत्काल आम्दानि कम भएपनि पछिको लागि आम्दानि सुनिश्चित गर्न लगानि बढाउँन सकिनेछ । पढाई लेखाईमा प्रशस्त समय दिएपनि नतिजा शुन्यजस्तै हुनेछ । अवसरवादहिरुले फसाउँन सक्छन् ध्यान दिनुहोला । प्रेममा अबिश्वास बढ्ने तथा शंका गर्नाले समस्या उत्पन्न हुन सक्छ । सरकारि सेवामा बसेर काम गर्नेहरुको ढिलाशुस्तिको चपेटामा परिनेछ ।

कर्कट:ही,हू,हे,हो,डा,डी,डु,डे,डो० स्( काम गर्ने बिभिन्न अवसर सदुपयोग गर्न नजान्दा समयले तपाईलाई पछि छोड्नेछ । व्यापारमा आम्दानि कम हुने तथा लगानि गर्न केहि समय कुर्नुहोला । प्रेममा अबिश्वास तथा धोका हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । आफन्त दिदिबहिनी सँग मनमुटाब सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

सिहं :मा,मी,मू,मे,मो,टा,टी,टू,टे० स्( प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापार बिश्तारको सवालमा यात्राको तय हुनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुदा दैनिकी सहज रुपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरि अपडेट हुन सकिनेछ भने पढाईलेखाईमा प्रगति हुनेछ ।

कन्या : टो,पा,पी,पू,ष,ण,ठ,पे,पो० स्( सत्रुमाथि बिजय गर्न सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा सम्पादन हुनेछन् । पढाइ लेखाईमा एक कदम अगाढि बढि नतिजा हात पार्न सकिनेछ । पुराना ऋण सकिने तथा रोगहरु बिशेक भएर जानेछ । आफन्त तथा मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । लामो समय सम्म आम्दानि भईरहने व्यावसाय सुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिनेछ ।

तुला:रा,री,रु,रे,रो,ता,ती,तू,ते० स्( अध्ययनमा आजको दिन मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ । मन परेको मानिससँग मनमुटाब बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्खनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । अरुको भर पर्नाले अवसर गुम्नेछ । भौतिक सम्पति तथा बिलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

बृश्चिक:तो,ना,नी,नू,ने,नो,या,यी,यू० स्( सजक नबन्दा आफन्त टाडनेछन् भने अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्राको तय गर्नुपदा मन खिन्न हुनेछ । व्यापारमा मन्दिा आउँने भएपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । राजनितिमा समर्थन भन्दा आलोचना सुन्नु पर्नेछ । प्रेममा मनमुटाब बढ्नेछ ।

धनु :ये,यो,भा,भी,भू,ध,फा,ढा,भे० स्( पुरुषार्थि काम गरि नाम दाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । खेलकुद तथा पराक्रमि क्रिर्याकलापमा भाग लिन सकिने तथा देश बिदेशको यात्रा गर्न सकिनेछ । दाजुभाई तथा आफन्त सँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ ।

मकर :भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी० स्( मेहनेतको फल अरुले हत्याउँन कोसिष गर्नेचन् ख्याल गर्नुहोला । राम्रो बोल्दाबोल्दै गलत व्याख्या गरि दुख दिनेहरु सक्रिय हुनेछन् । व्यापारमा मन्दिा आउँने तथा लगानि गर्नको लागि केहि समय पर्खदा राम्रो हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउँनेछ । सामाजिक सञ्जालको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा शंका बढ्ने योग रहेकोछ ।

कुम्भ :गू,गे,गो,सा,सी,सू,से,सो,दा० स( अवसरहरुको सदुपयोग गर्दै राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । व्पापार व्यावसाय फस्टाएर जाने तथा मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनितिमा समय लगानि गर्र्नेहरुले पद पाउँने तथा ईज्जत प्रतिष्ठा जोड्न सक्नेछन् । पढाई लेखाईमा मन जानेछ भने पढाईकै सवालमा लामो दुरिको यात्रा गर्न सकिनेछ । प्रणय सम्बन्ध थप बलियो बन्नेछ ।

मीन:दी,दू,थ,झ,ञ,दे,दो,चा,ची० स्( समय तथा कामको तालमेल नमिल्दा अरुभन्दा पछि परिनेछ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँने तथा औषधि उपचार खर्च बढ्नेछ । बसाई सराई तथा लामो दुरिको यात्राको तय हुनेछ । विदेशी लगानिबाट सञ्चालित सस्थामा काम पाईनेछ । प्रेमका कोपिलाहरु फक्रन नपाउँदे चुटिनेछन् ।