ताजा समाचार


टेलिकमले फोरजी सेवालाई देशव्यापी रुपमा विस्तार गर्ने

 नेपाल बाहक    ६ बैशाख २०७६, शुक्रबार ०३:३३     770 जनाले पढ़िसके

टेलिकमले फोरजी सेवालाई देशव्यापीरुपमा विस्तार गर्नेवैशाख ६ , काठमान्डौ ।नेपाल टेलिकमले फोरजी सेवालाई देशव्यापीरुपमा विस्तार गर्ने भएको छ । सातै प्रदेशमा सेवा फोरजी सेवा विस्तारका लागि तीन वटा सम्झौता सम्पन्न भएको नेपाल टेलिकमले बताएको छ । कम्पनीका अनुसार कम्पनीले फोरजी÷एलटीइ आयोजना, मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर आयोजना, एफटिटीएच सेवा विस्तार र गुणस्तर सुधार गर्ने योजना रहेको छ । कम्पनीले नेपालमै पहिलोपटक २०७३ पुस १७ ९२०१७ जनवरी १० मा काठमाण्डौ उपत्यका र पोखराबाट फोरजी सेवा सुरु गरेको थियो । टेलिकमले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ४०० वटा थ्रीजी बिटिएसको स्तरोन्नति गरेको छ । त्यसैगरी सो अवधिमा ४०७ वटा बिटिएस थप गरेको छ । टेलिकमले एक करोड लाइन मोबाइल आयोजनाअन्तर्गत ग्राहकको माग एवं प्राविधिक अध्ययनअनुसार आवश्यक देखिएका स्थानमा मोबाइल टावर थप गर्ने कार्य जारी राखेको छ । यो आयोजनाअन्तर्गत प्याकेज ‘बी’ को शतप्रतिशत काम सकिएको छ भने प्याकेज ‘ए’ को काम ९५ प्रतिशत सकिएको र चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । देशभर सातै प्रदेशमा सेवा विस्तारका लागि गत २०७५ माघ २० मा तीन वटा सम्झौता सम्पन्न भएको छ । यसमध्ये कोर नेटवर्कका लागि चीनको जेडटिइ कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङ्कङको सिसीएसआइले जिम्मेवारी टेलिकमले पाएको छ । नेटवर्क १ अन्तर्गत मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल अर्थात् हालको प्रदेश २, ३, ५ र ६ तथा नेटवर्क २ अन्तर्गत पूर्वाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल अर्थात् हालको प्रदेश १, २, ४, ५ र ७ का विभिन्न स्थान पर्छन् । सम्झौताअनुसार १२ महीनामा कार्य सम्पन्न गर्नका लागि साइट सर्भेको काम शुरु भइसकेको टेलिकमले जनाएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत प्रदेश १, २ र ३ मा पर्ने स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई दिइएको छ । सो आयोजनाका लागि पाँचमध्ये चार वटा सम्झौता सम्पन्न भइसकेको प्रबन्ध निर्देशक अधिकारीले बताउनुभयो ।