ताजा समाचार


दक्षिण अफ्रिकामा चर्च भत्कँदा १३ जनाको मृत्यु , १६ जना घाइते

 नेपाल बाहक    ६ बैशाख २०७६, शुक्रबार १२:४०     395 जनाले पढ़िसके

काठमाडौं, वैशाख ६ । दक्षिण अफ्रिकामा चर्च भत्कँदा १३ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । दक्षिण अफ्रिकाको डर्बान सहरको डालांगुबोमा साँझको प्रार्थनाका बेला चर्च भत्केको थियो । अत्यधिक वर्षाका कारण जीर्ण भएकाले चर्च भत्केको समचारमा उल्लेख गरिएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दक्षिण अफ्रिकी सरकारले चर्च भत्केर मृत्यु भएकाका परिवारजनलाई राहत दिने जनाएको छ ।