बैशाख ६ , रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक महिला प्रमुुख जिल्ला अधिकारीको रुपमा लिला कुमारी पाण्डे केसिले जिम्मेवारी लिनु भएको छ । गृह मन्त्रालयले २०७५ चैत्र २५ गते रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मालाई सरुवा गरे पछि प्रमुख जिल्ला अधिकारी केसिलाई बनाएको हो । केसिले शुक्रबार बाट रामेछापको सिडियो जिम्मेबारी लिनु भएको छ । उहाँ जिम्मेवारी लिदै रामेछापको शान्ति सुरक्षाको अवस्थालाई बजबुद बनाउनेदेखि लिएर सेवा प्रवाहमा विशेष ध्यान दिने प्रतिवद्धता जनाउनु भएको छ । उहाँलाई जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुले स्वागत गरेका थिए ।