ताजा समाचार


गौरीशंकर क्लष्टर अन्तर्गतका १० वटा सकोसको १८ औँ कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला मन्थलीमा सम्पन्न

 नेपाल बाहक    ७ बैशाख २०७६, शनिबार ११:५३     604 जनाले पढ़िसके

बैशाख ७ , रामेछाप । गैरीशंकर क्लष्टर अन्तर्गतका १० वटा सकोसको १८ औँ कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला आज मन्थलीमा सम्पन्न भएको छ । कार्यक्रम नबजागरण सकोस मन्थली रामेछापको आयोजना तथा नेफ्स्कुनको प्रबिधिक सहयोगमा सम्पन्न भएको थियो । कार्यक्रम नबजागरण सकोसका अध्यक्ष श्याम थापाको अध्यक्षता र प्रदेश न. ३ का संसद शान्ति प्रसात पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमा नेफ्स्कुनका कार्यक्रम अधिकृत दिपक प्रसात ढुगांना , जिल्ला बचत संघ रामेछापका अध्यक्ष जेन दाहाल लगाएत रामेछाप जिल्लाका ४ वटा सकोस र दोलखा जिल्लाको ६ वटा साकोसका संन्चालका तथा कर्मचारीको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागिलाई नबजारण साकोसकी सन्चालक सदस्य कुमारी माझिले स्वागत मन्तब्य राख्नु भएको थियो भने जिल्ला बचत संघ रामेछापका अध्यक्ष जेन दाहाल र प्रदेश नं. ३ का प्रदेश संसद शान्ति प्रसात पौडेलले शुभकामना मन्तब्य राख्नु भएको थियो ।