रामेछाप , बैशाख ९ गते । रामेछापको मन्थली बिमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । सोलुबाट मन्थली आएको विमान सोमबार बिहान करिब ९ बजे अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको हो । विमानमा १४ यात्रु सवार थिए तर कुनै मानवीय क्षति नभएकोे बताइएको छ । विमान दुर्घटना भएपछि अहिले यहाँको उडान अवरुद्ध बनेको छ । विमान रनवेको छेउमा रहेका कारण उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।