बैशाख ११ , काठमाण्डौ । काठमाण्डौमा बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान साढे ६ बजे भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ । भूकम्पमापन केन्द्रले भूकम्पको धक्का महसुस भएको जनाए पनि यसको मापन र केन्द्रबिन्दुबारे भने केही पनि बताएको छैन । २०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको थियो । त्यसयता निरन्तर भूकम्पको धक्का महसुस भएको छ । आज गएको भूकम्प गोरखा भूकम्पको पराकम्पन हो या नयाँ भूकम्प भन्नेबारे पनि केही खुलेको छैन ।