बैशाख १३ , काठमान्डौ । गुल्मीमा दुषित पनि पिउदाँ बिरामि हुनेको संख्या १४८ पुगेको छ । बिरामीमध्ये चार जनाको जिल्ला अस्पताल तम्घासमा र एक जनाको बुटवलमा उपचार भइरहेको छ । अरु केहीको स्थानीय स्वास्थ्य संस्था र शिविरमा उपचार भइरहेको छ । केही भने उपचारपछि घर फर्किएका छन् । यस्तै उपचारका लागि प्रभावित गाउँमा पुगेको जिल्ला जनस्वाथ्य कार्यालयको टोली भने फर्किएको छ । दजाकोटमा झण्डै ५ किलोमिटर टाढाको ट्याङ्कीमार्फत वितरण गरिएको पानी पिएकाका कारण स्थानीय नागरिक बिरामी परेका हुन् । ट्याङ्कीमा खोलाको दूषित पानी मिसिएको स्थानीयले बताएका छन् । बिरामीमा वाकवाकी लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने र ज्वरो आउने समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जानकारी दिनुभयो ।