ताजा समाचार


आइतबार लिखु नदिमा पौडि खेल्न गएका युवा तीन दिन पछि मृत्य अवस्थामा फेला 

 नेपाल बाहक    १७ बैशाख २०७६, मंगलवार १३:०६     409 जनाले पढ़िसके

बैशाख १७ गते , रामेछाप । तीन दिन अघि रामेछापको लिखु नदिमा पौडि खेल्न जादाँ बेपत्ता भएका युवाको शव फेला परेको छ । आईतवार दिउँसो कम्पनीवाट पौडी खेल्न नदीमा गएका गोर्खा जिल्ला घर भई स्वेतगंगा हाइड्रोपावरको सोरुङ्गमा कार्यरत वर्ष २६ का रामबाबु वुढाथोकी वेपत्ता भएका थिए । उनको शव शसस्त्र प्रहरी बलको गोताखोरको टोलीले लिखु खोलामा फेला पारेको छ । तीनसम्म पनि स्थानीय र प्रहरीले खोजी गर्दा फेला पार्न नसकिएको उनको खोजी गर्न शसस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरेको थियो ।