ताजा समाचार


चक्रवाती तुफानका कारण कोलकाता र भुवनेश्वर विमानस्थल बन्द

 नेपाल बाहक    २० बैशाख २०७६, शुक्रबार ११:४०     349 जनाले पढ़िसके

काठमान्डौ २०,बैशाख । बंगालको खाडीमा बनेका चक्रवाती तुफान ‘फानी’ दक्षिण भारतका कैयौँ राज्यमा असर पुगेको भारतिय सन्चार माध्यमले जनाएका छन् । विनाशकारी फानी आउनुपूर्व नै राज्य सरकारले पूर्वतयारी गरिसकेको छ । बिहीबार रातिदेखि भुवनेश्वर विमानस्थल बन्द गरिएको छ । ओडिशाबाट पश्चिम बंगालतर्फ फानी गएकाले कोलकाता विमानस्थल पनि शुक्रबार दिउँसो ४ बजेदेखि शनिबार बिहान ८ बजेसम्म बन्द गरिने भएको हो । ओडिशा सरकारले प्रभावित क्षेत्रका ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारेको छ । तीमध्ये ५२४ जना गर्भवती महिला रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गञ्जम जिल्लाबाट मात्रै ३ मानिसलाई सारिएको छ । त्यस्तै पुरीबाट १ लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।