ताजा समाचार


आज बाट ‘दाल भात तरकारी’ प्रदर्शन (Trailer हेर्नु होस् )

 नेपाल बाहक    २० बैशाख २०७६, शुक्रबार १३:३४     635 जनाले पढ़िसके

काठमाडौं – आज शुक्रबारबाट एकमात्र फिल्म ‘दाल भात तरकारी’ प्रदर्शनमा आएको छ । प्राय दुई वा सो भन्दा बढि संख्याका फिल्म प्रदर्शनमा आउने गरेको भएपनि यो साता भने ‘दाल भात तरकारी’ले एकल प्रदर्शनको अवसर पाएको हो । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, शिवहरी पौडेललगायतका कलाकारको मुख्य भुमिका रहेको फिल्मले मल्टीप्लेक्समा उच्च सोज पाएको छ, भने सिंगल थिएटर पनि राम्रो पाएको छ । फिल्म सुदन केसीले निर्देशन गरेका हुन् ।

गीतसंगीतका कारण पनि चर्चामा रहन सफल यो फिल्मले देशभर बम्बर ओपनिङ गर्ने अपेक्षा निर्माण युनिटले गरेको छ । रिलिज अगावै ओभरसिज राइट्सबाट लगभग करोड हात पारिसकेको यो फिल्म रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरि पौडेल, यमन श्रेष्ठ निर्माता रहेका छन् । फिल्ममा दिर्घ गुरुङको छायाँकन र मित्र डी गुरुङको सम्पादन रहेको छ ।